पश्चिम नेपालमा फेरि ५.४ रेक्टर स्केलको भुकम्प

पश्चिम नेपालको बझाङ केन्द्रविन्दु पारेर फेरि भुकम्पको धक्का महसुस भएको छ ।

आज राती करिब ८:१२ बजेको समयमा बझाङको पातादेवल केन्द्रविन्दु बनाएर ५.४ रेक्टर स्केलको भुकम्प गएको हो । यस अघि यसै साता डोटी केन्द्रविन्दु बनाएर २२ गते राती ९:०७ बजे ५.७ म्याग्निट्युड, सोही दिन खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर मध्यराति २ बजे ६.२ रेक्टर स्केलको भुकम्प गइसकेका छन् ।

डोटीको पछिल्लो भुकम्पमा ६ जनाले ज्यानसमेत गुमाएका थिए । लगातार भुकम्पको धक्काहरु जाँदा मानिसहरुमा त्रासको अवस्था उत्पन्न भएको र खुला ठाउँमा भेला भएको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button