पोखरामा लागूऔषधसहित पुरुष पक्राउ

पोखरामा लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।

गत शुक्रबार साँझ पोखरा ३० पावरहाउसमा नियमित सवारी चेकजाँचका क्रममा धादिङको त्रिपुरा सुन्दरी गा.पा. वडा नं.३ स्थायी घर भई हाल पोखरा अमरसिंह बस्दै आएका किसन अधिकारी पक्राउ पक्राउ परेका हुन् । ४० वर्षीय अधिकारीका साथबाट प्रहरीले ५० एम्पुल डाईजापाम, ५० एम्पुल फेनेरागन र ५० एम्पल नुर्फिन गरी जम्मा १५० एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अधिकारीलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको पनि बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button