दशौँ वर्षदेखि बेपत्ता छन् वैदेशिक रोजगारीमा उडेका तनहुँका नौजना

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् । घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेका जनाइएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएदेखि (२० वर्ष) हालसम्म ऋषिङ गाउँपालिका–७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उहाँले बताउनुभयो ।

त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ पनि हालसम्म बेपत्ता नै छन् ।

मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल पनि हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको खनालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button