पोखरा महोत्सवको समय एक दिन थपियो, भोलि समापन हुने

पोखरा न्यूज । पोखरामा जारी एघारौं पोखरा महोत्सव माघ १० गते समापन गरिने भएको छ ।

यस अघि माघ ९ गते सम्म आयोजना हुने भनिएको महोत्सवमा एक दिन समय थप गरिएको आयोजकले जनाएको छ ।

माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको तेह्रौँ दिन आज लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साँझ लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

आयोजकका अनुसार पुष २७ गते सुरु भएको महोत्सवको भोलि मंगलबार कास्की क्षेत्र नम्बर १ का सांसद मन बहादुर गुरुङले समापन गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button