पोखरामा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

पोखरा, ११ माघ ।  पोखरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर पोखरा -३३ चवादीमा दुर्घटना हुँदा स्थानीय ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँएपछि ट्र्याक्टरमा च्यापिएका लामिछानेलाई प्रहरीले उद्धार गरी  पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button