लागूऔषधसहित तनहुँका लामा पक्राउ

प्रतिबन्धित लागूऔषधसहित तनहुँका एक युवा पक्राउ परेका छन् ।

आइतबार बिहान करिब १०:१५ बजे नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ चालिसकिलो स्थित पूर्व पश्विम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले २० वर्षीय सन्तोष लामालाई लागूऔषधसहित पक्राउ गरेको हो । तनहुँ व्यास नगरपालिका-८ बस्दै आएका लामालाई प्रहरीले पश्विमबाट देखि पूर्व तर्फ आँउदै गरेको ना ५ ख ८६९८ नं को बसबाट पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा लामाको साथबाट लागूऔषध नुफिन ४९ एम्पुल ,फेनारागन ४९ एम्पुल,डाईजापाम ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल र नाईट्रोभेट ३० पिस फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button