फलोअनमा परेको न्युजिल्यान्डको इङ्गल्यान्डमाथि एक रनको रोमाञ्चक जीत

फलोअनमा परेको न्युजिल्यान्डले इङ्गल्यान्डमाथि एक रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

आजको पाँचौ दिनको खेलमा दुई सय ५८ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डलाई दुई सय ५६ रनमै अलआउट गर्दै न्युजिल्यान्डले एक रनको जीत हासिल गरेको हो । पहिलो इनिङमा ४ सय ३५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको इङ्गल्यान्डले न्युजिल्यान्डको पहिलो इनिङ २ सय ९ रन मै समेटेको थियो । त्यसपछि फलोअनमा परेको न्युजिल्यान्डले दोस्रो पारीमा ४८३ रन बनाउँदै इङ्गल्यान्डलाई जीतका लागि दुई सय ५८ रनको लक्ष्य पेश गरेको थियो । तर निल वाग्नर, टिम साउदी र म्याट हेनरीको पेस ब्याट्रीले उत्कृष्ट बलिङ गर्दै न्युजिल्यान्ड रोचक जीत दिलाएका हुन् ।

इङ्गल्यान्डका लागि पहिलो पारीमा ह्यारी ब्रुकले १ सय ८६ र जो रुटले १ सय ५३ रनको शतकीय योगदान दिएका थिए । प्रतिउत्तरमा फलोअनमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले १३२ तथा टम लाथम, डेभोन कोन्वे, टम ब्लन्डेल र ड्यारेल मिचेल गरि चार खेलाडीले अर्धशतक बनाएपछि न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको थियो । इङ्गल्यान्डले अन्तिम इनिङमा लक्ष्य पछ्याउने क्रमा जो रुटको ९५ बाहेक खासै उल्लेखनीय योगदान नपाउँदा जीतको स्थितिबाट हार बेहोर्न पुग्यो ।

यस सँगै २ टेस्टको शृङ्खला दुई टोलीले १-१ को बराबरीमा अन्त्य गरेका छन् । खेलमा प्लेयर अफ द म्याच न्युजिल्यान्डका कप्तान केन विलियमसन बने भने इङ्गल्यान्डका ह्यारी ब्रुक प्लेयर अफ द सिरिज बने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button