सन्दीप लामिछानेलाई आजै युएई लैजाने तयारी

नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेलाई युएईमा जारी विश्वकप डिभिजन-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी र युएईबीच जारी त्रिकोणात्मक सिरिजमा सहभागी गराउन लैजाने तयारी गरिएको छ ।

सर्वोच्च अदालतले सन्दीपको पक्षमा फैसला गर्दै विदेश जान लागेको प्रतिबन्ध खुला गरिदिए सँगै क्रिकेटर लामिछानेलाई आगामी खेल खेलाउने गरि क्यानले प्रयास गरेको हो । सिरिजमा नेपालले भोलि युएईसँग खेल्दैछ भने लामिछानेलाई आजै त्यसतर्फ पठाउन खोजिएको क्यान स्रोतले जनाएको छ ।

एक बिरामी खेलाडीको साटोमा उनको नाम खेलाडी सूचीमा राखिइसकेको छ । उनी कसको ठाउँमा भाग लिन जान लागेको हुन् भन्ने चाहिँ खुलाइएको छैन । प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपालले अघिल्ला पाँच खेलमा लगातार जीत हासिल गरिसकेको छ । अब बाकिँ ७ खेलमा पनि जीत हासिल गर्दै विश्वकप छनोटमा सहभागी हुने नेपालको दाउ छ ।

नेपालले अब युएईसँग दुई अवे र दुई होम गरि चार खेल तथा पपुवा न्युगिनीसँग एक अवे र दुई होम गरि तीन खेल खेल्नेछ । यसमध्ये नेपाललाई कम्तिमा पनि ६ खेल जित्नै पर्ने बाध्यता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button