गण्डकीका प्रदेश प्रहरी प्रमुख गुरुङ र जापानी दूतावासका प्रतिनिधिबीच भेटवार्ता

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङ र नेपालका लागि जापानी दुतावासका द्वितीय सचिव योसिमुरा केन्जीबीच भेटवार्ता भएको छ ।

गण्डकी प्रदेशमा जापानी नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीसँग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताए ।

भेटघाटका लागि आएका केन्जीका जिज्ञासालाई स्पष्ट पार्दै गुरुङले गण्डकी प्रदेशमा जापानलगायत सबै देशका नागरिकहरुलाई सम्मानको नजरले हेर्ने गरिएकोले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौती नरहेको उल्लेख गरे । उनले विदेशी पथ पर्यटकहरुलाई पथ प्रदर्शक बिना एक्लै नहिँड्न पनि सल्लाह दिने गरेको जानकारी गराए ।
यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकहरुलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको र पर्यटकहरुको सुरक्षार्थ दुतावाससँग सूचनाहरु आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउँदै जापानी नागरिकहरुलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button