पोखरामा तेस्रो हेरिटेज अफ फेसन नेपाल

पोखरा, ३० फागुन  । तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा सम्पन्न भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडलहरू र्‍याम्पमा उत्रेका थिए । पोखराको लेकसाइड स्थित हेरिटेज होटेलमा भएको फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याति कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल र्‍याम्पमा उत्रेका थिए । सो अवसरमा नेपालका विभिन्न जातजातिका पुर्ख्यौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेसन सो कार्यक्रमको उद्घाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रम मार्फत टेवा पुग्ने बताए । उनले यस्ता कार्यक्रम मार्फत अहिलेका युवाहरूलाई नेपालको सभ्यता र सम्पदाका विषयमा समेत जानकारी मिल्ने अभिव्यक्ति दिए । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै उनले सो कार्यक्रमको निरन्तरताको कामना समेत गरेका थिए ।

कार्यक्रममा शो स्टपरको रूपमा पोखराका व्यवसायी एवम् चलचित्रकर्मी सन्तोष अधिकारी ¥याम्पमा आएका थिए । उनले नेपालको संस्कृति झल्काउने पहिरन लगाए । अधिकारीले यसअघि पनि नेपाल लगायत अस्ट्रेलियामा आयोजना गरिएको फेसन सो मा शो स्टपरको रूपमा र्‍याम्पमा उत्रिएका छन् । चलचित्र आमाको सह-निर्माता समेत रहेका अधिकारीले नै हेरिटेज अफ फेसन नेपालको अवधारणा ल्याएका हुन् । अधिकारी सँगै सुनीसा बजगाईँ, एण्जल श्रेष्ठ, स्वीन्जा सुमन, दिपा मगर शो स्टपरको रूपमा र्‍याम्पमा उत्रिए ।

फेसन सोमा डिजाइनहरू तिर्सना गुरुङ, रोबिन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना विष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार अर्पण थापाको विशेष उपस्थिति थियो भने चलचित्र निर्माता शर्मिला पाण्डे, निर्देशक घनश्याम लामिछाने, नेपाल एयरलायन्सकी क्याप्टेन भावना पन्त, सुरज पाण्डे, संचारकर्मी जीपी तिमिल्सिना, विवेक सिंह ठकुरीको उपस्थिति थियो । काजल तामाङ र अमृता कुमारी विष्टले मेकअपमा साथ दिएका थिए ।

नवराज श्रेष्ठको साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रमलाई विवेक खतिवडाले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button