दोस्रो जीत हात पार्ने लक्ष्यसहित भुटानसँग भिड्दै नेपाल

काठमाडाैं, १४ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाइ २-० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ ।

पछिल्लोपटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button