पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

पोखरा, १७ चैत । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।

पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् ।

थप पढ्नुहोस्

सम्बन्धित न्यूज

guest
1 प्रतिक्रिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Bipin basnet
Bipin basnet
2 months ago

पोखरा मा माइक्रो बस को जजती धेरै बढेको छ

Back to top button