अर्घाखाँचीमा अनियन्त्रित भई ट्याक्टर दुर्घटनाग्रस्त, चालकको मृत्यु

अर्घाखाँचीमा मङ्गलबार अनियन्त्रित भई ट्याक्टर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं ७ खिल्जी खमारी बासमा रा १ त ४२९५ काे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा प्युठानको ऐरावती गाउँपालिका-१ कोल्बोट घर भएका चालक कमल सोमै मगरको मृत्यु भएको हो । कालोपत्रे हुँदै गरेको बाटोमै पल्टिएको ट्याक्टरमा सवार प्युठानको ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री र अर्घाखाँचीको सितगंगा नगरपालिका-७ दमारबेसी बस्ने २३ वर्षीय कृष्ण आचार्य घाइते भएका हुन् ।

घाइते दुवैको जिल्ला अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसर घाइते आचार्यको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button