सवारी दुर्घटनामा पूर्वमेयर शिव कुमार गिरीको मृत्यु

स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव कुमार गिरीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

गिरी सवार बा १५ च १७०९ नम्बरको स्कोर्पियो शुक्रबार राति करिब ११ बजे अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको उक्त जिप शुक्रबार राति ११ बजे पुतलीबजार-१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।

स्याङ्जाको चापाकोट-४ दर्सिङ घर भएका ६० वर्षीय गिरीलाई दुर्घटना पछि जिल्ला अस्पताल स्याङ्जा लगिएकोमा चिकित्सकले ११:४५ बजे मृत घोषित गरेका थिए ।

प्रहरीले स्कोर्पियो चालक पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button