नवलपरासीमा चट्याङ लागेर एकजनाको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङले लागेर खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहारको ज्यान गएको हो । चट्याङले लागेर गम्भीर घाइते भएकलाई उनलाई भैरहवा सिटी हस्पिटल लगिएकोमा अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।

उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । मनसुनी वायु देशभरि सक्रिय हुने क्रममा देशका विभिन्न स्थानमा चट्याङ र मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले बताउँदै आएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button