
मङ्गलबार बझाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि निधन भएको छ ।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भइसकेको थियो । यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
सिंहसँगै घाइते भएका चालक धर्मराज जोशी र पिएसओ दीपक भण्डारीलाई एयरलिफ्ट गरि नेपालगन्ज ल्याइएको थियो । जोशी र भण्डारीको उपचार भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा सडकबाट करिब सय मिटर तल खसेको थियो ।