यार्सागुम्बा संकलन गर्न गएका बोहोराको हिउँमा चिप्लिएर मृत्यु

यार्सागुम्बा संकलन गर्न गएका एक पुरुषको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित राखुपा लेकमा यार्सागुम्बा खोज्न गएका लक्ष्मणसिंह बोहराको मङ्गलबार मृत्यु भएको हो । ४५ वर्षीय बोहोरा सोही गाउँपालिकाको वडा नम्बर ४ खल्याडीको स्थायी बासिन्दा थिए ।

हिउँमा चिप्लिएर लडेका बोहोराको घटनास्थल मै मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button