तनहुँमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

तनहुँमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी गापा-२ एक्लेफाँटमा बुधबार बिहान करिब १०:३० बजे ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा पछाडि सवार यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नपा-९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङको रहेका छन् ।

पृथ्वीराजमार्ग सडकखण्डमा मुग्लिनबाट लमजुङतर्फ आउँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो । ओभरटेक गर्ने क्रममा बाइक ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनामा आँबुखैरेनी- २ मार्कीचोक घर भई हाल काठमाडौं बुढानिलकण्ठ नपा–३ बस्दै आएका मोटरसाइकल चालक ५५ वर्षका राजु गुरुङ घाइते भएका छन् । उनको आँबुखैरेनी अस्पतालमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button