बसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

झापामा बसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका -३ स्थित क्याम्पस सडक खण्डको केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर आउँदै गरेका बालकलाई अपरान्ह ४:४५ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट सोही गाउँपालिका घर भएका कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते थापालाई उपचारका लागि दमक लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थापा स्थानीय कञ्चनजङ्घा आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button