
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी श्रीमती दिव्येश्वरी चन्दको निधन भएको छ ।
८२ वर्षीया चन्दको आज उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनी उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित रहेको जनाइएको छ ।
चन्दको दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।