काभ्रेमा पिकअप दुर्घटना, चार घाइते

काभ्रेमा बोलेरो पिकअप दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन् ।
काभ्रेको बेथानचोक ४ पडगाउँडाँडामा उक्त पिकअप सडकदेखि करिब २ सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते सबैलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।