नवलपरासीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

नवलपरासीको गैँडाकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट-३ तात्रीबास नजिकै सिंचाईका लागि बनाइएको पोखरीमा डुबेर हिजो साँझ दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गैँडाकोट-४ घर भएका अन्दाजी १४,१५ वर्षका प्रतिक परियार र प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

गर्मी छल्न पोखरी पसेका बालकहरु अचानक पोखरीमा डुबेका थिए । दुवैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button