बाग्लुङमा जीप दुर्घटना हुँदा युवकको मृत्यु

बाग्लुङमा जीप दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका-३ धम्जास्थित रामचालुमा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने थप २ जना घाइते भएका छन् । बाग्लुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका विजय विकको मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि बाग्लुङ लगिएको जनाइएको छ । जीप सडकदेखि करिब ५० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button