
हेटौंडामा टिप्परको ठक्करबाट स्कुटरमा सवार एक जना यात्रीको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा शनिबार राति ०३-००१ख ८५१ नम्बरको टिप्परले ०३-००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा हेटौंडा-१ जरुवाटोल बस्दै आएका २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक सामान्य घाइते भएको जनाइएको छ ।
प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटरलाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिएको थियो ।