राष्ट्रिय छन्द पुरस्कार छन्दनायक वियाेगीलाई

पाेखरेली स्रष्टा एवम् छन्द बचाऊँ अभियान-२०५३ का संचालक छन्दनायक माधव वियाेगीलाई जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार प्रदान गरिने भएकाे छ ।

धनगढीस्थित कैलाली जनपुस्तकालयद्वारा संचालित तथा महाकवि मनिराज जाेशीद्वारा आफ्नी माता जसुन्धराकाे नाममा स्थापित उक्त पुरस्कार यही असार २९ गते भानुुजयन्तीका दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयाेजना हुने विशेष समाराेहमा प्रदान गरिने जनाइएकाे छ । पुस्तकालयका अध्यक्ष एवम् सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएनलप्राप्त डा. टिएन जाेशीकाे अध्यक्षतामा शनिबार बसेकाे बैठकले साे निर्णय गरेकाे हाे । छन्द आन्दाेलनमार्फत् छन्दाेबध्द कविता लेखनमा पुनर्जागृति ल्याउँदै काव्यसंस्कृतिकाे रक्षाका लागि अनवरत सेवा गरेवापत् उनलाई साे पुरस्कार प्रदान गर्न लागिएकाे हाे ।

छन्दनायक वियाेगीका ८ महाकाव्यसहित ३३ ओटा काव्यकृति प्रकाशित छन् । यसअघि कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार,दुल्लभ लामिछाने पुरस्कार,रत्न श्रेष्ठ पुरस्कार,महाकवि देवकाेटा पुरस्कार,प्रतिभा पुरस्कार, राधालक्ष्मी पुरस्कार,छन्दरथी पुरस्कार,लेखनाथ पाैडेल सम्मान,पल्लव साहित्य सम्मान,जनप्रिय प्रतिभा सम्मान, गेरुअम्बिका स्मृति वाणी सम्मानलगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका वियाेगी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख पनि हुन् भने उनी छन्द विश्वविद्यालय स्थापनार्थ समेत क्रियाशील छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button