उपचारका लागि धनगढी लैजाँदै गर्दा वडाध्यक्षको मृत्यु

टाउको दुखेपछि थप उपचारका लागि धनगढी लैजाँदै गर्दा वडाध्यक्षको मृत्यु भएको छ ।

दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्ट टाउको दुखेपछि जिल्ला अस्पताल पुगेका थिए । जिल्ला अस्पतालमा उपचार नभएपछि आज थप उपचारका लागि धनगढी पठाइएकोमा भट्टको बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल मै ल्याइएको छ ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भट्टको आजै दाहसंस्कार गरिने तयारी गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button