बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलको बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवल-१२ बेलबासमा सोमबार राति बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । बेलबास शान्तिचोकमा बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई सुर्खेतबाट वीरगञ्जका जाँदै गरेको प्रदेश-३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएको थियो ।

राति करिब २:४५ बजे भएको घटनामा अन्दाजी २८ वर्षीय युवाको ज्यान गएको हो । मृतकको हालसम्म परिचय खुलेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button