गोरखामा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला

गोरखामा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-७ पाँचखुवा देउराली घर भएका ६० वर्षीय मीनबहादुर गुरुङ सोमबार मृत अवस्थामा फेला परेका हुन् । आइतबार नै जङ्गलमा काठ लिन गएका गुरुङ सुलिकोट-७ स्थित अमलेको जङ्गलमा सोमबार फेला परेका थिए ।

प्रहरीले उनको भिरबाट लडेर ज्यान गएको प्रारम्भिक अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button