झापामा ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

झापामा मालवाहक ट्रक र कार एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान करिब ६:४५ बजे प्र-१-०२-००१ क ३८७९ नम्बरको ट्रक र विपरित दिशा बाट आइरहेको प्र-१-०१-००च ७४८२ नम्बरको कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र उनकी १७ वर्षीया छोरी कुमकुम चौधरी रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यसैगरी दुर्घटनामा थप ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतक चौधरीका १० वर्षीय छोरा विकेश चौधरी, ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाह रहेका छन्को । उनीहरु सबैको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button