साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जीत

साफ च्याम्पियनसिपमा नेपालले सान्त्वना जीत हासिल गरेको छ । आज भएको खेलमा पाकिस्तानलाई १-० गोल अन्तरले हराउँदै नेपालले एक खेल जितेको हो ।

प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेका दुई टोलीबीचको खेल निरस नै रह्यो । पहिलो हाफमा नेपाली टोलीले केही मौका बनाए पनि गोल गर्न भने सकेन । पहिलो हाफको अन्त्यतिर विमल घर्तीमगरको प्रहार पाकिस्तानी गोलरक्षकले बचाउ गरे ।

दोस्रो हाफ केही कम्पोजरसहित उत्रेको नेपाली टोलीले अवसरहरु सिर्जना गरेको थियो । देवेन्द्र तामाङको ६८ औं मिनेटको फ्रीकिक गोलपोस्टमा लाग्दा नेपालले अग्रता लिन वञ्चित रह्यो । खेलको ८० औं मिनेटमा आशिष चौधरीले पेनाल्टी बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि नेपालले सान्त्वना जीत हात पारेको हो ।

८ टोली सम्मिलित प्रतियोगितामा भारत र कुवेतसँग पराजित हुँदै नेपाल र पाकिस्तान दुवै समूह चरणबाटै बिदा भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button