
उरौतहटको गरुडा नगरपालिकामा गैरचिकित्सक क्लिनिक सञ्चालकले सिरिन्ज लगाइदिँदा दुई वर्षे बालकको मृत्यु भएको छ ।
गरुडा नगरपालिका-९ गमहरियामा सञ्चालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा दुई वर्षीय सचिन पटेलको मृत्यु भएको हो । रौतहटको देवाहीगोनाही नगरपालिका-४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई ज्वरो आएपछि उक्त क्लिनिक लगिएको थियो ।
क्लिनिक सञ्चालक गणेश सहनीले सिरिन्ज लगाइदिएपछि बालकको अवस्था झन बिग्रेसँगै उनलाई अनामिका अस्पताल लगिएको मृतक बालकको परिवारको भनाई छ । अनामिका अस्पताल पुर्याएलगत्तै चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए । मृतकको परिवारले जथाभावी सिरिन्ज लगाएका कारण बालकको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीले क्लिनिक सञ्चालक सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।