छतबाट खसेर ६७ वर्षीय पुरुषको मृत्यु

कञ्चनपुरमा घरको छतबाट लडेर ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम घर भएका देवीलाल शाहको बुधबार मध्यराति १ः४५ बजेको समयमा छतबाट लडेर मृत्यु भएको हो । शाह शुक्लाफाँटा नगरपालिका-१० शान्तिपथमा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा सुत्न छतमा जाने क्रममा खसेर घाइते भएको थिए ।

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button