बाजुरामा जीप दुर्घटना हुँदा सात घाइते

बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार बाजुराको बुढीनन्दा नगरपालिका-१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप साइड दिने क्रममा सडकबाट खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । जीपमा १० जना यात्रु सवार रहेको जनाइएको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button