यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले मलेसियालाई ८४ रनले हरायो

यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ८४ रनले हराएको छ ।

एसियन क्रिकेट काउन्सिलद्वारा आयोजित प्रतियोगितामा नेपालले बुधबार थाइल्यान्ड यु-१६ टोलीलाई दुई सय २५ रनको विशाल अन्तरले हराएको थियो । मलेसियामा जारी प्रतियोगिताको आजको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै एक सय ८३ रन बनायो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रन बनाउँदा नरेन र सुर्यांशु कोइरालाले समान २९ रन बनाए ।

१ सय ८४ रन पछ्याएको मलेसिया ३०.५ ओभर खेल्दै ९९ रनमै अलआउट हुन पुग्यो । मलेसियाका मोहम्मद हैरिलको २५ रन नै टोलीको सर्वाधिक स्कोर रह्यो । नेपालका लागि अलराउन्ड खेल प्रदर्शन गरेका अशोक धामीले ४ विकेट लिए भने अभिषेक तिवारीको हातमा ३ विकेट पर्यो ।

सात टोली सम्मीलित प्रतियोगितामा नेपाल आजको खेल अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । आजको खेल जित्दै समूह विजेता बनेको नेपालले अब समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । समूह बीमा हङकङ, सिङ्गापुर, इन्डोनेसिया र माल्दिभ्सका यु-१६ टिम रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button