विश्वकप छनोटको सातौं स्थानको प्लेअफका लागि युएईसँग खेल्दै नेपाल

विश्वकप छनोटको सातौं स्थानको प्लेअफका लागि नेपलले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटको सुपरसिक्समा पुग्न असफल चार टोलीबीच प्लेअफ हुन लागेको हो ।

आयरल्यान्ड, अमेरिका, युएई र नेपाल छनोटको सुपरसिक्समा पुग्न असफल भएका थिए जसमध्ये पहिलो प्लेअफमा आयरल्यान्डले युएईलाई हराइसकेको छ । अब नेपाल र युएईबीचको खेलको विजेताले सातौं स्थानको प्लेअफमा आयरल्यान्डको सामना गर्नेछ भने हार्ने दुई टोली नवौं स्थानका लागि दोस्रो प्लेअफ खेल्नेछन् ।

दश टोली सम्मीलित प्रतियोगितामा नेपालले अपेक्षाजनक खेल प्रदर्शन गर्न नसक्दा समूहचरणको चारमध्ये तीन खेल हार्न पुगेको थियो । आजको खेलमा दबाबरहित खेल खेल्दै जीत हासिल गर्न दुवै टोली इच्छुक रहनेछन् ।

आजको खेल जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा अपराह्न १२ः ४५ बजे सुरु हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button