मोरङमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

मोरङमा ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ९:३० बजे पूर्वतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको हो । ना ६ ख १३७२ नम्बरको ट्रकले को २ अ २२९३ नम्बरको अटोलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका-२ मा ठक्कर दिएको थियो ।

घाइते चालकलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर ल्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरी ट्रक र ट्रक चालक बिर्तामोड नगरपालिका-४ का नेत्र प्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button