युएईले नेपाललाई दियो एक सय ८२ रनको लक्ष्य

विश्वकप छनोटको सातौं स्थानको प्लेअफका लागि आज भइरहेको खेलमा युएईले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको युएईको टोली ४६.५ ओभरमा एक सय ८१ रनमा सीमित भएको हो । युएईका लागि भिर्त्या अर्विन्दले सर्वाधिक ४४ रन बनाउँदा रोहन मुस्ताफाले ३५ र बासिल हमिदले २९ रन बनाए । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए । नेपालले केही क्षणमा ब्याटिङ थाल्नेछ ।

विश्वकप छनोटको सुपरसिक्समा पुग्न असफल चार टोलीबीच प्लेअफ हुन लागेको हो । आयरल्यान्ड, अमेरिका, युएई र नेपाल छनोटको सुपरसिक्समा पुग्न असफल भएका थिए जसमध्ये पहिलो प्लेअफमा आयरल्यान्डले युएईलाई हराइसकेको छ । अब नेपाल र युएईबीचको खेलको विजेताले सातौं स्थानको प्लेअफमा आयरल्यान्डको सामना गर्नेछ भने हार्ने दुई टोली नवौं स्थानका लागि दोस्रो प्लेअफ खेल्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button