सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुग्यो

सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाली टोली एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित ३५ ओभरमा नेपालले ९ विकेट गुमाउँदै १८५ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो ।

प्रतिउत्तरमा १८६ रनको लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरको टोली ३१.३ ओभरमा ८७ रनमा सीमित हुनपुग्यो । अब नेपालले फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । मलेसियालाई नेपाली टोली समूहचरण मै फराकिलो अन्तरले हराइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button