आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल्दै नेपाल

विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्लेअफमा आयरल्यान्डविरुद्ध नेपालले पहिलो एकदिवसीय खेल्दैछ ।

जिम्बावेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुने खेल दिउँसो १२:४५ बजे शुरु हुनेछ । छनोट प्रतियोगिताअन्तर्गत नेपालको यो नै अन्तिम खेल हुनेछ । छनोटअन्तर्गत समूह चरणबाट सुपरसिक्समा पुग्न असफल भएपछि नेपाल र आयरल्यान्ड प्लेअफ खेल्न लागेका हुन् ।

प्रतियोगिताको समूहचरणमा नेपालले अमेरिकामाथि जीत हासिल गर्दा नेदरल्यान्ड, वेस्टइन्डिज र जिम्बावेसँग हार बेहोरेको थियो । सातौं चरणको प्लेअफका लागि भएको सेमिफाइनलमा नेपालले युएईलाई हराएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button