नरेन र अभिषेकको उत्कृष्ट प्रदर्शनमा नेपाललाई यु-१६ इस्ट जोनको उपाधि

नरेन भट्टको शतक र अभिषेक तिवारीको पाँच विकेटको सहायतामा नेपालले एसिसि यु-१६ इस्ट जोन उपाधिमा ह्याट्रिक गरेको छ ।

मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ३५ ओभरमै दुई सय ५२ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय पारी खेल्दा निरज यादवले ४७ र सन्तोष यादवले २६ रन बनाए ।

प्रतिउत्तरमा २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमै अलआउट हुँदै ३१ रन मात्र बनाउन सफल रह्यो । नेपालका अभिषेक तिवारीले ५ विकेट लिँदा सन्तोष यादवले पनि ३ विकेट लिन सफल रहे ।

नेपालले यसअघि सन् २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button