आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

जिम्बावेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुने खेल दिउँसो १२:४५ बजे शुरु भएको खेलमा नेपालका लागि कुशल भुर्तेल र अर्जुन साउद ओपनिङ गर्दैछन् । नेपाली टोलीमा किशोर महतो र कुशल मल्ल दुई परिवर्तन भएको छ भने आयरल्यान्ड अमेरिकाविरुद्ध जीत हासिल गरेको टोली लिएर मैदान उत्रिएको छ ।

छनोटअन्तर्गत समूह चरणबाट सुपरसिक्समा पुग्न असफल भएपछि नेपाल र आयरल्यान्ड प्लेअफ खेल्न लागेका हुन् । प्रतियोगिताको समूहचरणमा नेपालले अमेरिकामाथि जीत हासिल गर्दा नेदरल्यान्ड, वेस्टइन्डिज र जिम्बावेसँग हार बेहोरेको थियो । सातौं चरणको प्लेअफका लागि भएको सेमिफाइनलमा नेपालले युएईलाई हराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button