गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु

गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका-४ पाटापाटीमा धन्सारको तला हाल्ने क्रममा आज बिहान ९ बजेतिर धन्सार नै भत्किँदा ४१ वर्षीय मिना बरामको मृत्यु भएको हो । आफ्नै घरको धम्सार बनाउने क्रममा बरामको मृत्यु भएको हो भने उनको २१ वर्षीय छोरा सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

घाइतेमध्ये सुजनको अवस्था सामान्य रहेको र रामकृष्ण अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । रामकृष्णलाई उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button