आयरल्यान्डसँग नेपाल दुई विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा आयरल्यान्डसँग नेपाल दुई विकेटले पराजित भएको छ ।

जिम्बावेको टाकासिङ्गा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५७ रन बनाउँदा अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रनको योगदान दिए । १ सय ६९ रनमा सात विकेट गुमाइसकेको नेपालका लागि सन्दीप र गुल्सनले आठौं विकेटका लागि ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । आयरल्यान्डका लागि मार्क अडेएर, ब्यारी म्याकार्थी र क्रायग योङ्गले २-२ विकेट लिए ।

प्रतिउत्तरमा दुई सय ६९ रनको लक्ष्य ४९.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । आयरल्यान्डका लागि कर्टिस क्याम्फरले सर्वाधिक ६२ रन बनाउँदा, ह्यारी टेक्टरले पनि ६० रनको योगदान दिए । नेपालले निरन्तर विकेट लिँदा निकै रोचक बनेको खेलमा कर्टिस क्याम्फरको पारी नै दुई टोलीबीचको फरक बनेको थियो । क्याम्फर नै खेलमा प्लेयर अफ दी म्याच पनि बने ।

यस सँगै विश्वकप छनोटमा नेपालको यात्रा समाप्त भएको छ । दस देश सहभागी प्रतियोगितामा नेपाल आठौं स्थानमा रहन सफल रह्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button