तीन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

गण्डकी प्रदेश सरकार प्रदेश खेलकूद परिषद्, गण्डकीद्धारा आयोजित एवं नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा तीन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण आज पोखरा रंगशालामा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

तालिमको समापनमा प्रमुख अतिथि प्रदेश खेलकूद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकूदका प्रतियोगितालाई वृद्धि गरी अति सुक्ष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्धेश्य रहेको बताए । प्रदेश खेलकूद परिषद्ले जुनियर प्रतियोगिता संचालनको लागि मात्र ७५ लाख बराबारको वजेट विनियोजन गरेको हुनाले यो क्षेत्रमा खेलकूदका गतिविधिहरुलाई अझै तीव्र बनाएर लैजाने उनले जानकारी दिए ।

नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङले प्रशिक्षणमा सिकाइएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्र अपेक्षाकृत सफलता प्राप्त हुने बताए । कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा भएको यस तालिममा ७ वटा जिल्लाका ४३ जना प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।

सो तालिमा सहभागी प्रशिक्षकहरुलाई सदस्य सचिव शर्मा, कार्यकारी सदस्य ऋषिराम गौतम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरेश्वर पोख्रेल, गण्डकीका अध्यक्ष गुरुङ, कोषाध्यक्ष माइकल कर्मचार्य, महासचिव रमेश पौडेल, क्षेत्रीय खेलकूद बिकासका निर्देशक कृष्ण निम्सिना लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

 

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button