एसिसि यु-१६ इस्टर्न रिजनको विजेता नेपाली टोलीलाई क्यानको सम्मान, खेलाडीलाई जनही ५० हजार

क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले एसिसि यु-१६ इस्टर्न रिजनको उपाधी विजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच क्यानले विजयी टोलीका खेलाडीलाई सम्मान गर्दै जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने पनि जनाएको छ । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले खेलाडीलाई बधाई दिँदै उज्जव भविष्यको कामना पनि गरेका थिए ।

मलेसियामा भएको प्रतियोगितामा नेपाली टोली अपराजित रहँदै विजयी भएको थियो । नेपालले यससँगै यु-१६ उपाधिमा ह्याट्रिक समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button