प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारियो

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दोस्रो पटक पनि सरेर भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए । तर पछि सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको बैठक अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button