सहकारीको ऋण नतिर्नेलाई पोखरा महानगरको सेवा सुविधा रोक्का गरिने

सहकारीको ऋण नतिर्नेलाई पोखरा महानगरले प्रदान गर्ने सेवा सुविधा रोक्का गरिने भएको छ ।

महानगरले सूचना जारी गर्दै लिएको ऋण नतिर्ने कल्पना गरे त्यो आफैमा प्रत्युत्पादक हुने र त्यस्ता गतिविधिविरुद्ध महानगर हदैसम्म कठोर भएर कानुनी कारवाहीमा उत्रने चेतावनी दिएको छ । महानगरले आफ्नो नियमन क्षेत्राधिकार भित्र रहेको सहकारीका ऋणीहरुलाई समयमै ऋणको साँवा, ब्याज, किस्ता भुक्तानी गर्न पनि अनुरोध गरेको छ ।

महानगरले निर्देशन विपरीत कार्य गर्नेलाई पोखरा महानगरपालिका सहकारी ऐन २०७५ को दफा ६० बमोजिम जायजेथाबाट असुलीको प्रक्रिया अघि बढाइने र साथै महानगरद्वारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने पनि बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button