भगवती हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुला

कास्कीमा रहेको भगवती हाइड्रोपावरले आइतबारदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँका दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । यसैगरी सर्वसाधारणका लागि निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्ट्याइएको छ ।

कम्पनीमा स्थानीय तथा वैदेशिक रोजगारीमा गरेका नेपालीहरुले साउनको ७ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि भने पूर्ण आवेदन नपरेमा २२ साउनसम्म आवेदन खुलाइनेछ ।

उक्त हाइड्रोमा पोखरा महानगरको वडा नम्बर १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । स्थानीयहरुले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button