बालेनले लेखे, “म आजबाट अपराधी”

काठमाडौंका मेयर बालेन शाहले सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा देखाउँदै आफू आजबाट अपराधी भएको अभिव्यक्ति दिएका छन् ।

फेसबुकमा एक स्टाटस हाल्दै बालेनले आजबाट आफू तारिखमा रहेको जनाएका छन् । उनले लेखेका छन्, “आज एउटा विशेष दिन ,आजबाट म तारिखमा छु भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा ।”

उनले थपेका छन्, ” र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आज बाट अपराधी ।”

मेयर शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । त्यसै रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १२ गते मंगलबार सात दिनभित्र लिखित जवाफ लिएर मेयर शाहलाई आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button