लमजुङको क्व्होलासोथार गाउँपालिकामा लम्पीस्कीनविरुद्ध खोप

लमजुङको क्व्होलासोथार गाउँपालिकामा लम्पीस्कीनविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।

देशव्यापी रूपमा फैलिएको लम्पीस्कीन रोगलाई मध्यनजर गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वयमा गाउँपालिका पशु सेवा शाखाले खोप अभियान चलाएको हो ।

शाखाले लम्पीस्कीन रोग नलागेको गाई गोरुमा एलएसडी भ्याक्सिन र लागेकालाई आवश्यक उपचार गरेको जनाइएको छ । खोप अभियान गाउँपालिकाको वडा नं ४ मा सम्पन्न भैसकेको र वडा नं २ मा चालू रहेको छ पनि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका नौ वटै वडाहरुमा खोप अभियान र उपचार सञ्चालन गरिने योजना रहेको जनाइएको छ । महामारी कै रुप लिएको लम्पीस्कीन रोग हिमाली भेगमा पनि फैलिन थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button